चर्चित वेब सिरिज ‘मिर्जापुर’मा फिल्म बन्ने
वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०४:५८
1.6K
shares

काठमाडौँ । चर्चित वेब सिरिज ‘मिर्जापुर’मा फिल्म बन्ने भएको छ । सिरिजको नाम, कथा र पात्रमा फिल्म बन्ने भएको हो ।
सिरिजको तीन सिजन आइसकेको छ । सबै सिजनले दर्शकको साथ पाएको थियो । अब फिल्म बन्ने एक्सेल मुभिजले टिजरमार्फत घोषणा गरेको हो । फिल्ममा पंकज त्रिपाठी (कालीन भैया), दिव्येन्दु शर्मा (मुन्ना भैया) र अली फजल (गुड्डू पण्डित)को अभिनय रहनेछ ।
फिल्मलाई वेब सिरिजकै निर्देशक गुर्मीत सिंहले निर्देशन गर्नेछन् । उनले यसअघि ‘फोन भूत’, ‘वारनिङ’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०४:५८
1.6K
shares





