प्रकाश र परीक्षाको ‘सोल्टिनी’को फस्टलुक सार्वजनिक

896 shares

काठमाडौँ । अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सोल्टिनी’को फस्टलुक सार्वजनिक गरिएको छ । केहि दिन अगाडि मात्रै निर्माण घोषणा गरिएको फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

छायाँकनमा नजादैँ पोस्टर सार्वजनिक गर्नुलाई कतिले हतारो भनेका छन् भने कतिले प्रचारको नयाँ शैली । पोस्टरमा प्रकाश सपुत र परीक्षा लिम्बु भावुक देखिएका छन् । वियोगान्त शैलीको कथा फिल्ममा देखाइने अनुमान गर्न सकिन्छ । अन्तरजातिय कथामा निर्माण हुने फिल्ममा सपुत ‘भीमसेन पोखरेल’ र परीक्षा ‘दिलासा राई’को भूमिकामा देखिदैछन् ।

प्रकाश र परीक्षाको साथमा फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन, अर्जुन सुवेदी र कुमार भट्टराइको लेखन छ । प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो फिल्ममा रेजिना बिस्ट र संसार चौलागाईंको लगानी रहनेछ ।

896 shares