अनेरास्ववियुले सुरु गर्यो काठमाडौमा वडा कमिटी गठन
वि.सं.२०८१ फागुन ३ शनिवार १३:४९
2.09K
shares

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले फागुन महिनाबाट जराकेन्द्रित अभियान संचालन गरिरहेको छ । यस्तोमा जनवर्गिय संगठन अनेरास्ववियुले पनि काठमाडौँमा कमिटी गठन सुरु गरेको छ ।
सोहि अभियान अन्तर्गत शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा अनेरास्ववियुको वडा कमिटी गठन भएको छ । काठमाडौँ महानगरका संयोजक सुनिल थापाको अध्यक्षतामा भएको कुलचन्द्र गौतमको नेतृत्वमा २१ सदस्यीय कमिटी निर्माण गरेको छ ।
अनेरास्ववियुका केन्द्रिय सचिव तथा प्रवक्त प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य आकाश घर्ती, प्रदेश कमिटी सदस्य गणेश दुलाल लगायका नेताहरु तथा अनेरास्ववियुका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको उपस्थिति थियो ।

वि.सं.२०८१ फागुन ३ शनिवार १३:४९
2.09K
shares





