नेपाल बैंकको अध्यक्षमाथि अख्तियारको अनुसन्धान, प्रमुख कार्यकारी अधिकृत पाण्डे नियम विपरित कार्य गर्दै

1.62K shares

काठमाडौँ। नेपाल बैंकका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीमाथि ठुलो कर्जा प्रवाहमा कमिसन लिएको आरोप लागेको छ । ठुलो कर्जा प्रवाहमा सेटिङ गरि कमिसन लिएको आरोपमा अख्तियारले अनुसन्धान सुरु गरेको छ ।

उनिमाथि मात्रै हैन उनका सवारी चालक उमेश महर्जनको खातामा अस्वभाविक रुपमा ठुलो रकमको कारोबार देखिएको छ । उनलाई पनि अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ । महर्जनले बयान दिने क्रममा सम्पुर्ण कारोबार आफ्नो नभएको बताएका छन् । उनले आफ्नो खातामा भएको कारोबार अध्यक्ष अधिकारीको रहेको बयान दिएका छन् ।

अध्यक्ष अधिकारीले भनेबमोजिम आफुले काम गरेको महर्जनले बताएका छन् । मैले अध्यक्ष सरले भने बमोजिम नै गरेको हो । सबै पैसा सरको भएको उनले बताए । महर्जनको खातामा भएको कारोबारको विश्वसनीय र वैधानिक श्रोत खुल्न सकेको छैन । यस्तोमा, अध्यक्ष अधिकारीमाथि झनै ठुलो शंका पैदा भएको छ । अधिकारीले कर्जा प्रवाह गर्दा कमिसन लिने गरेको आरोप छ । यस्तोमा महर्जन मार्फत कमिसन लिई कारोबार गर्ने गरेको आशंका छ ।

महर्जनको खातामा एकैपटक २५ देखि ३० लाख रुपैँयासम्मको कारोबार गरेको भेटिएको छ । यति ठुलो रकम सवारी चालकको खातामा कारोबार देखिएपछि अध्यक्ष अधिकारीमाथि झनै ठुलो शंका गर्ने ठाउँ देखिएको हो ।

अख्तियारले चालक महर्जनको बयान लिएको थियो र अध्यक्ष अधिकारीलाई पनि निगरानीमा राखेको छ । अधिकारीको धर्मपथस्थित रहेको केन्द्रिय कार्यकक्षमा अख्तियारले सिल गरेको छ ।

अध्यक्ष अधिकारीले कर्जा प्रवाह गर्दा कमिसनका लागि बार्गेनिङ गर्दै समयमा काम नगर्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उनिमाथि कर्जा प्रवाह गर्दा कमिसन नदिए ठिला सुस्ती गरिदिने, काम नगरिदिने लगायतका आरोप लागेका छन् ।

अधिकारी २०८० असोज १० गते अध्यक्षमा नियुक्त भएका थिए । काँग्रेस निकट मानिएका अधिकारीको नियुक्ती हुँदा अर्थमन्त्री प्रकाशशरण महत थिए ।

अर्कातिर अख्तियारले छानबिन गरिरहेका अध्यक्ष सँग मिलेर बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे बैंकको रणनीतिक योजना र बजेटको धज्जी उडाउँदै नीति नियम विपरित कार्य गर्न लागेको खुलासा हुने आएको छ । अध्यक्ष अख्तियारको निगरानीमा रहँदा पनि कार्यकारी अधिकृतले नियम विपरित काम गर्ने गरेको श्रोतले बताएको छ ।

यस्तो गम्भिर विषयमा सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ । ५१ प््रतिसत सरकारको स्वामित्व भएको र ४९ प्रतिशत सर्वसाधरणको स्वामित्व भएको बैंकले यस्ता मुद्दाहरुमा मुछिदा सर्वसाधारणको विश्वास गुम्न पुग्ने देखिन्छ । ।

गलत प्रवृती र भ्रष्टाचारका विभिन्न मुद्दाहरु बाहिर आइरहँदा एउटा इतिहास बोकेको बैंकमाथि जनताको विश्वास टुट्ने देखिन्छ ।

1.62K shares