‘भाइरल गोर्खे’ जेठ ३० बाट रिलिज हुने

वि.सं.२०८१ फागुन ४ आइतवार ०४:३१
427
shares

काठमाडौँ । निगम श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘भाइरल गोर्खे’को प्रदर्शन मिति तय भएको छ । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकिएको हो ।
सार्वजनिक पोस्टरमा सौगात मल्ललाई देखाइएको छ । उनि टिकटक लाइभ बसिरहेका छन् । दोश्रो पोस्टरमा सौगात र श्रृष्टी श्रेष्ठ रोमान्टिक अवतारमा देखिएका छन् ।
सामाजिक संजालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने प्रवृत्ति बढेको र सोही कथालाई फिल्ममा प्रस्तुत गरिएको जनाइएको छ । फिल्ममा वुद्दि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय छ ।
विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्ममा भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताको रुपमा छन् । फिल्ममा अमर महर्जनको छायांकन छ ।

वि.सं.२०८१ फागुन ४ आइतवार ०४:३१
427
shares