‘रंगी’लाई दर्शकको उत्साहजनक साथ

वि.सं.२०८१ फागुन ४ आइतवार ०४:३७
490
shares

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रंगी’ले दर्शकको उत्साहजनक साथ पाएको छ । फिल्मले शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएको हो । पाएका जति शोजमा अकुपेन्सी राम्रो देखिएको छ ।
शो मा च्यापिएको फिल्मले पाएका शोजहरुमा राम्रो गरेको छ । फिल्मका मुख्य कलाकार हल पुग्दा दर्शकले सकरात्मक प्रतिक्रिया पनि दिएका छन् । बुबा छोरीको सम्बन्धको कथामा बनेको फिल्मलाई दर्शकले रुचाएका छन् ।
कलाकारहरु हल भिजिटमा पुग्दा दर्शकको आँखा रसाएका थिए । कोहि त धेरै नै भावुक भएका थिए ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुशी ढकाल, दिलीप रायमाझी, मलिका महत लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ फागुन ४ आइतवार ०४:३७
490
shares