लडेर घाइते भएका दोलखाका एक पुरुषको उपचारको क्रममा मृत्यु
वि.सं.२०८१ चैत २० बुधवार ०४:०४
2.3K
shares

काठमाडौँ । मंगलबार घाँस काट्ने क्रममा लडेर घाइते भएका दोलखाको गौरीशंकर गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।
गौरीशंकर गाउँपालिका–१ जुगुका ३९ वर्षीय मोहन बहादुर कार्की घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । कार्कीको उपचारका क्रममा राति ११ः५७ मा मृत्यु भएको हो ।
वि.सं.२०८१ चैत २० बुधवार ०४:०४
2.3K
shares





