‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक

2.11K shares

काठमाडौँ । चलचित्र ‘वसन्त’को तेश्रो गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् ।

गीतको भिडियोलाई नेपाल र भारतको गोवामा खिचिएको छ । गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर, सपुतको शब्द र योगेशकाजी शाहको संगीत छ ।

भिडियोमा केवीका खत्रीको कोरियोग्राफी रहेको छ । सपुतको डेब्यू निर्देशन रहेको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा कथा, पटकथा तथा संवाद प्रकाश सपुतकै छ । फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउनेछ ।

मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् ।

 

 

2.11K shares