यस्तो छ राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक

1.91K shares

काठमाडौँ । महानायक राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सोमबार काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टर सार्वजनिक कार्यक्रममा पाँच सय बढी विद्यार्थीहरूको उपस्थिति थियो । फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्म आउँदो वर्षको जेठ ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट राजेशले ८ वर्षपछि कमब्याक गर्दैछन् ।

फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ ।

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

 

1.91K shares