‘एक्लो’मा यस्तो छ बेनिशा हमालको ‘क्वीन मारा’ लुक्स
वि.सं.२०८१ चैत २१ बिहीवार ११:१९

काठमाडौँ । साई फाई फिल्म ‘एक्लो’को टिमले अभिनेत्री बेनिशा हमालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशाको ‘क्वीन मारा’ लुक्स सार्वजनिक गरेको हो ।
पोस्टर सार्वजनिक भएपछि धेरैले बेनिशाको पात्रलाई रुचाएका छन् । पोस्ट सेयर गर्दै बेनिशाले लेखेकी छन्ए, “क्लोकी रानी मारालाई भेट्नुहोस्। बाँच्ने अटल इच्छाशक्तिका साथ पुनर्जन्म। उनी केवल आफ्नो लागि लडिरहेकी छैनन्, उनीसँग एउटा उद्देश्य छ जसले सबै कुरा परिवर्तन गर्नेछ।”
प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा बेनिशासँगै प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायतको अभिनय छ। बेलायती अभिनेता जेमी बेकन पनि यसमा देखिएका छन्।
फिल्मको निर्माता राजु कुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजरहेका छन्। फिल्म बाबु श्रेष्ठले छायांकन गरेका हुन्।
फिल्म आगामी वर्ष प्रदर्शनमा आउने जनाइएको छ ।
वि.सं.२०८१ चैत २१ बिहीवार ११:१९





