‘जन्ते बाख्रो’को ‘घामै राजा’मा गरिमासँग रोमान्टिक सौगात
वि.सं.२०८१ चैत २१ बिहीवार १२:२४
2.01K
shares

काठमाडौँ । जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जन्ते बाख्रोको पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै घामै राजा बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा फिल्मका कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन्।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय छ।
सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मको निर्माता सन्तोष गौतम हुन्।
वि.सं.२०८१ चैत २१ बिहीवार १२:२४
2.01K
shares





