मिस पविको १६ वर्षमै डिभोर्स भएको थियो
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०४:५२

काठमाडौं । टिकटकर, मोडल तथा कलाकार पवित्रा साकी (मिस पवि) ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । उनले एक अन्तर्वाताका क्रममा आफ्नो बाल विवाह भएको र डिभोर्स भएको खुलाएकी हुन् ।
उनले कानुनी रुपमा आफुले विवाह नगरेको बताएकी छन् । विवाह भएपनि चाँडै डिभोर्स भएको उनले बताइन् । उनले भनेकी छन्, ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ । उनले थप्दै भनिन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’
डिभोर्सकै कुरामा अल्झिएर बसेर रोइरहने, कराइरहने, सम्बन्धमा बसेको मान्छेले यस्तो गर्यो उस्तो गर्यो भनेर अल्झिन नहुने उनको भनाइ छ ।
डिभोर्सको कुरालाई सम्झना गर्दै उनले भनिन्, ‘त्यो घटना मेरो लाइफको ठूलो दशा थियो, जुन कट्यो ।’
मिस पवि यतिबेला काममा व्यस्त छिन् । हाल उनि टिभी कार्यक्रम ‘कमेडी दरबार’मा ब्यस्त छिन् । उनले हालै फिल्म ‘माग्ने राजा’ छायांकन गरिन् ।
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०४:५२





