‘महाराजधिराज’मा रमेश उप्रेती इन्ट्री
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०८:१८
1.89K
shares

काठमाडौँ । अभिनेता रमेश उप्रेती फिल्ममा कमब्याक हुने भएका छन् । उनले फिल्म ‘महाराजधिराज’ मार्फत कमब्याक गर्ने भएका हुन् ।
पछिल्लो समय उनले ‘ऐश्वर्य’ फिल्ममा काम गरेका थिए । त्यसपछि उनले केही फिल्म साइन गरेपनि बन्न सकेन । अब भने उनले परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्मबाट कमब्याक गर्नेछन् ।
फिल्ममा यसअगाडि नै पल शाह र जय किशन बस्नेत फाइनल भइसकेका छन् । जेठको १ गतेबाट छायांकनमा जान लागेको यो फिल्मको प्रदर्शन मिति फूलपातीलाई तोकिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि निकै भएको थियो ।
फिल्मको प्रस्तुतकर्ता विराज विष्ट हुन् ।
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०८:१८
1.89K
shares





