एमाले नेता जंग गुरुङको ‘हाम्रो बगैचा’मा विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने

13.87K shares

दोलखा । नेकपा एमाले दोलखाका नेता जंग गुरुङ पछिल्लो समय राजनीतिसँगै व्यवसायीक कृषि कर्ममा व्यस्त छन् । गौरीशंकर गाउँपालिका सुरीमा करीब ४ सय रोपनी जग्गा भाडामा लिइ उनले हाम्रो बगैंचा नर्सरी, फलफुल तथा जडिबुटि बहुउद्देश्यीय अनुसन्धान केन्द्र संचालन गरेका छन् ।

उक्त बगैँचामा ५००० सुन्तला तथा कागती र ७००० कफीको बिरुवा हुर्किरहेका छन । यतिबेला उक्त बगैचामा विरुवा किन्ने किसानहरुको लामै लर्को लागिरहेको छ । गुरुङले सञ्चालन गरेको यो बगैँचाले व्यबसायीक कृषि कर्ममा राम्रो सम्भावना रहेको पुष्टि गरिरहेको छ ।

यस्तोमा गुरुङले बिद्यार्थीका लागि पार्ट टाइम गर्न पाउने व्यबस्था गरेका छन् । नेपाल सरकारले २०८२– ८३ को निति तथा कार्यक्रममा क्याम्पस पढने बिधार्थीले हप्तामा २० घन्टा काम गर्दै पढन पाउने निति तथा कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई स्वागत गर्दै गुरुङले आफ्नो बगैँचामा बिद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने भएका छन् ।

यो कार्यक्रम साउन १ गतेबाट लागु हुने गुरुङले बताएका छन् । साथै उनले यो कार्यक्रममा बिद्यार्थीलाई सहभागी गराउन गौरीशंकर गाउँपालिका भित्र संचालित माबि बिद्यालयको ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई आग्रह गरेका छ । काम गर्नेको पारिश्रमिक हाम्रो बगैचा र विद्यार्थीबिचको आपासी समाजदारीमा तय गरिने गुरुङले बताए ।

13.87K shares