सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८२ साउन १ बिहीवार ०६:५०
1.25K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । बजारमा सुन प्रतितोला ३ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैँयाले बढेर २ हजार २ सय ६५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८२ साउन १ बिहीवार ०६:५०
1.25K
shares




