‘सिटामोल’को मर्मस्पर्शी गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक
वि.सं.२०८२ साउन १ बिहीवार ०६:५७

काठमाडौँ । चलचित्र सिटामोलको दोश्रो गीत मुटुभित्र खिल छ हजुर सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा फिल्मका मुख्य कलाकारहरु प्रस्तुत छन् ।
गीतको शब्द गोविन्द भट्टले लेखेका हुन् । गीतको भिडियोमा गायक तथा संगीतकार बाबुल गिरी पनि फिचर्ड छन् । फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका छन् ।
साउनको २३ गतेबाट रिलिज हुने फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्धाजको कथा छ । सिमोस सुनुवारको प्रस्तुति रहेको यो फिल्ममा भुगोल कार्की र विकासराज जोशीको लगानी छ ।
वि.सं.२०८२ साउन १ बिहीवार ०६:५७





