दोलखाबाट आएको रायोको सागमा भेटियो विषादी

2.02K shares

काठमाडौँ । दोलखा जिल्लाबाट काठमाडौँ भित्रिएको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारमा दोलखाबाट ईश्वर भारतीले ल्याएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशतभन्दा बढी भेटिएको हो ।

यो किरा मार्ने विषादी हो । तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा धेरै भेटिएमा पूर्ण रुपमा नष्ट गर्नेपर्ने हुन्छ ।

कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले दैनिक रूपमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आएको तरकारी तथा फलफूलको नमुना परीक्षण गर्ने गरेको छ ।

2.02K shares