‘सैयारा’ले पाँच दिनमा कति कमायो ?
वि.सं.२०८२ साउन ७ बुधवार ०८:०२
1.65K
shares

काठमाडौँ । बलिउड फिल्म ‘सैयारा’ले यतिबेला हलमा सुनामी नै ल्याएको छ । फिल्मले पहिलो दिनबाटै बक्सअफिसमा धमाल मच्चाएको हो ।
नयाँ कलाकारलाई लिएर बनाइएको फिल्मको कमाईले यतिबेला बलिउडका पण्डितहरुलाई चकित बनाएको छ । फिल्मको कमाई पाँचौँ दिनसम्म पनि उस्तै छ । अहान पाण्डे र अनित पड्डाको रोमान्टिक केमेस्ट्री ‘सैयारा’लाई दर्शकले अत्याधिक मन पराएका छन् ।
फिल्मले २२ करोडको ओपनिङ कलेक्सन गरेको थियो । दोस्रो दिन यसले २६ करोड ३५ लाख कमायो । तेस्रो दिन कमाइ बढेर ३६ करोड २५ लाख भारु पुग्यो । चौथो दिन २४ करोड २५ लाख भारु र पाँचौँ दिन २५ करोड कलेक्सन सहित फिल्मको कुल कलेक्सन घरेलु बक्स अफिसमा १३३ करोड ७५ लाख भारु पुगेको छ ।
वि.सं.२०८२ साउन ७ बुधवार ०८:०२
1.65K
shares





