‘झरीपछिको इन्द्रेणी’का लागि नेपाल आइपुगे गणेश उप्रती

1.91K shares

काठमाडौँ । चरित्र अभिनेता गणेश उप्रती नयाँ फिल्मका लागि नेपाल आइपुगेका छन् । उनि अर्जुन घिमिरेको डेब्यू निर्देशन रहने फिल्म ‘झरीपछिको इन्द्रेणी’का लागि नेपाल आएका हुन् ।

एक समयका चर्चित अभिनेता लामो समयदेखि अमेरिका बस्दै आएका थिए । पछिल्लो पटक उनले ‘होमवर्क’ फिल्ममा काम गरेका थिए । ९ वर्षपछि फिल्ममा फर्किन लागेका उप्रेती काठमाडौँ आइपुगेका छन् ।

गणेशले आफ्नो फिल्मी करिअरमा ४३ भन्दा अधिक फिल्ममा काम गरेका छन् । ‘झरीपछिको इन्द्रेणी’मा दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहने जनाइएको छ ।

1.91K shares