तोलाको दुई लाख नजिक पुग्यो सुनको मूल्य
वि.सं.२०८२ साउन २० मंगलवार ०५:०५
2.77K
shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य ह्वात्तै बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला १९ सय रुपैँयाले बढेको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।
वि.सं.२०८२ साउन २० मंगलवार ०५:०५
2.77K
shares




