भरत केसी : मेयरको टिकट खोसियो, वनमन्त्री बने
वि.सं.२०८२ साउन २० मंगलवार ०५:१६

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनसँग मन्त्री हुने अनुहारहरु पनि नयाँ देखिएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले स्वास्थ्य मन्त्री किरण थापा बाहेक सबै नयाँ अनुहारलाई मौका दिएको छ ।
एमालेले डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, भरत केसीलाई वन तथा वातावरण, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने भएको छ ।,
दोलखाका भरत केसी वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । गत २०७९ को आम निर्वाचनमा दोलखा प्रदेश ख बाट निर्वाचित केसी अघिल्लो सरकारमा पनि मन्त्री बन्ने सूचिमा थिए । त्यतिबेला अर्को पटक मन्त्री बनाउने वचन एमालेले दिएको थियो ।
गत २०७९ को स्थानीय तहको निर्वाचनमा केसी भिमेश्वर नगरपालिकाका मेयरका आकांक्षी थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर बनेका केसी दोश्रो कार्यकाल पनि मेयर हुने दाउमा थिए । दोलखा एमालेले उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि प्रदेश कमिटीले उनको टिकट खोसेको थियो । एमालेबाट हरिवंश चौलागाँइ मेयरको उम्मेदवार बनेका थिए । उनि गठबन्धनसँग पराजित भएका थिए ।
मेयरको आकांक्षी केसी लगत्तै भएको आम निर्वाचनमा गठबन्धनका बर्मा लामालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भए । अब बागमतीमा बन्ने नेपाली काँग्रेसका इन्द्रबहादर बानिँया नेतृत्वको सरकारमा उनि वन तथा वातावरण मन्त्री हुने भएका छन् ।
वि.सं.२०८२ साउन २० मंगलवार ०५:१६





