‘कोशेढुंगा’को प्रेमिल गीत ‘भंगेरा र भंगेरी’ मा सुरक्षा र मन्जिलको छमछमी
वि.सं.२०८२ साउन २० मंगलवार ०६:१२

काठमाडौँ । अल टाइम ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को दोश्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।
नयाँ गीतको नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमारलाई प्रस्तुत गरिएको छ । गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत छ ।
नरदेवी फिल्मस् प्रा.लिको ब्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा प्रेविल कँडेल र सुबलमणी सापकोटाको लगानी छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।
यो फिल्मलाई सेभेन सिज इन्टरनेशनलले विश्वका ४० बढी देशमा एकसाथ रिलिज गर्दैछ । फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८२ साउन २० मंगलवार ०६:१२





