रजनीकान्तको ‘कुली’ ले रिलिजअघि नै कमायो ८५ करोड

2.77K shares

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘कुली’ ले प्रदर्शन अगावै ८५ भारु कमाई गरेको छ । लोकेश कनगराज निर्देशित फिल्मले हालसम्म ८५ करोड भारुको एड्भान्स टिकट बिक्री गरेको हो ।

बलिउड हंगामाको रिपोर्टअनुसार, रिलिजअघि नै फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट १०० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ ।

फिल्मले नेपालमा पनि राम्रै गर्ने अनुमान गरिएको छ । नेपालमा रजनीकान्त र दक्षिण भारतीय फिल्म दुवैका फ्यान भएकाले फिल्मले राम्रो कलेक्सन गर्ने अनुमान गरिएको छ । नेपालका डेढसय हलमा फिल्म रिलिज हुने जनाइएको छ ।

 

2.77K shares