लभस्टोरी फिल्म ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा
वि.सं.२०८२ साउन ३१ शनिवार १२:२६
1.67K
shares

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा फिल्म ‘कहाँ गयौ तिमी’को निर्माण घोषणा गरिएको छ । फिरोज तिमलसेनाको निर्देशनमा बन्ने फिल्ममा प्रेमकथा देखाइनेछ ।
सहारा फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । शीर्षक घोषणाबारेको पोस्टरमा कालो बादल र एकान्तमा रहेको एउटा घर र रूखले छोडिएको मायालाई चित्रण गरिएको छ ।
फिरोजसँग भ्वाइफ अफ नेपाल र नेपाल आइडलमा सहायक निर्देशकका रुपमा काम गरेको अनुभव छ । उनले तुलसी घिमिरेको ‘दर्पण छायाँ २’ मा अभिनय गरेको थिए । फिल्ममा पटकथा लेखन जीवन आचार्यको रहने छ भने संगीत प्रकाश नेपालीको हुनेछ ।
फिल्मको निर्माता, कलाकार, छायांकन, प्रदर्शन र अन्य जानकारी दिइएको छैन ।
वि.सं.२०८२ साउन ३१ शनिवार १२:२६
1.67K
shares





