कमेडी दरबारमा प्रचण्डको नक्कल गरेका बिकासलाई भिडिओ हटाउन धम्की

2.58K shares

काठमाडौँ । चर्चित टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा कलाकार बिकाश अर्यालले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेका थिए । उनको प्रस्तुतिलाई लिएर विवाद उत्पन्न भएको छ ।

उनको उक्त प्रस्तुति हटाउन यतिबेला धम्कीपुर्ण फोन आइरहेको अर्यालले बताएका छन् । उनि कमेडी दरबारका लेखक समेत हुन् । उनलाई अपरिचित नम्बरबाट धम्किपुर्ण फोनहरु आइरहेको खुलेको हो ।

प्रस्तुतिमा अर्यालले प्रचण्डलाई व्यंग्य गर्दै ‘मलाई समान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो’ संवाद बोलेका थिए । साथै अतिथि बर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ‘यस्तो लुक्समा हिडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने सम्वाद बोलेका थिए । सोहि लाइनलाई लिएर धेरै आपत्ती जनाएर फोनहरु आइरहेका छन् । साथै भिडिओमा ५ हजारको जिम्मा लिएको कुरालाई पनि आपत्ति जनाइएको बताएका छन् ।

 

2.58K shares