सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८२ भदौ १२ बिहीवार ०७:१७
2.27K
shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैँयाले बढेको हो ।
बजारमा सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बुधवार चाँदी प्रतितोला २ हजार ३४५ रुपैँयामा कारोबार भएको थियो ।
वि.सं.२०८२ भदौ १२ बिहीवार ०७:१७
2.27K
shares




