हलमा ‘कोशेढुङ्गा’, टिकट बुकिङ निराशाजनक

2.22K shares

काठमाडौँ । ऋषि पञ्चमीको अवसर पारेर फिल्म ‘कोशेढुङ्गा’ बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका छन् । पौडेलले यसअगाडि निर्देशन गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो । सोहि कारण उनको आगामी फिल्म ‘कोशेढुङ्गा’ले कस्तो व्यापार गर्ला सर्वत्र चासोको विषय बनेको छ ।

ग्रामिण परिवेशमा निर्माण गरिएको फिल्ममा चर्चित कलाकारहरु छन् । फिल्मको गीतहरु पनि हिट छन् यतिबेला । यस्तोमा फिल्मले राम्रो ओपनिङ गर्ने आशा गरिएको थियो । तर, फिल्मको टिकट बुकिङ निराशाजनक देखिएको छ । देशभर सय भन्दा बढी शो पाएको फिल्मको टिकट बुकिङ निराशाजनक देखिएको छ । हुन त दर्शकले हलमै गएर पनि टिकट काट्ने प्रचलन छ । तर, यति धेरै हाइप भएको फिल्मको बुकिङ निराशाजनक हुनुले व्यापारमा ठुलै असर गर्ने देखिन्छ ।

निर्देशक पौडेलकै कथा रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ ।

2.22K shares