धीरज मगरको झण्डै १५ करोडको मुद्दा मिल्यो, अब सुटिङलाई समय दिने

1.96K shares

काठमाडौँ । केहि दिनअगाडि फिल्म ‘ऐरी’को निर्माताले धीरज मगरविरुद्ध सम्झौता बमोजिम काम नगरेको भन्दै ठुलो रकम दाबीसहित चलचित्र निर्माता संघमा उजुरी दिएका थिए । फिल्म निर्माण कम्पनी मल्टी म्याट प्रा.लि. ले मगरबिरुद्ध १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैँया क्षतिपूर्ति माग गर्दै उजुरी दिएको थियो ।

सोही उजुरीमाथि छलफल गर्दै विवाद सुल्झिएको छ । बुधबार चलचित्र निर्माता सङ्घको रोहवरमा भएको छलफलमा दुवैबिच सहमति भएको हो । पहिला परेको उजुरीमा धीरजले फिल्म छायांकनका लागि समय नदिएको आरोप थियो । अब भने धीरजले तोकिएको अवधिमा छायांकनका लागि समय दिने भएका छन् । फिल्मको छायांकन अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म तोकिएको छ । सहमतिसँगै मगरले क्षतिपूर्ति तिर्नु नपर्ने भएको छ ।

1.96K shares