जेनजीको आन्दोलनमा कार्यालय जलेपछि प्रचण्डले भने,”अझै नयाँ र भव्य बनाइने छ”
वि.सं.२०८२ भदौ ३१ मंगलवार ०८:१३
1.29K
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कोटेश्वर पेरिसडाँडामा रहेको माओबादी पार्टी कार्यालय आगजनी भएको थियो । आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगेका पार्टी अध्यक्ष प्रचण्डले अझै नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका छन् ।
पार्टी कार्यालय अनुगमन पछि प्रचण्डले भने, ‘क्षति त पुर्याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बनाउने भनेर उनले खुलाएनन् ।
वि.सं.२०८२ भदौ ३१ मंगलवार ०८:१३
1.29K
shares












