दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

1.83K shares

 

काठमाडौँ । दोलखामा ट्र्याक्टर दुर्घटना एकको मृत्यु भएको छ । दोलखाको बिगु गाउपालिका ६ शेर्पा आलम्पुमा पर्ने कच्ची सडक खण्डमा प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा विगु ६ आलम्पुका बर्ष ५५ को मकर थामी छन्। घाइतेहरू सोही स्थानका बर्ष ३५ का कुबेर थामी , बर्ष ५७ को पल ब।थामी, बर्ष १५ को आशिष थामी रहेका छन्।

घाइतेहरुलाई उपचारको लागि सिंगटी लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

1.83K shares