सुनको मूल्य तोलामा १ हजारले घट्यो
वि.सं.२०८२ असोज १ बुधवार ०५:३८
1.16K
shares

काठमाडौं । मंगलबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । आज सुनको मूल्य तोलामा १ हजार रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख १७ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएकोमा आज २५५० रुपैयाँमा झरेको छ ।
वि.सं.२०८२ असोज १ बुधवार ०५:३८
1.16K
shares











