महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्न तयार
वि.सं.२०८२ असोज ५ आइतवार ०५:४०
2.39K
shares

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार गर्न सकस परिरहेको छ । मन्त्री बन्न विभिन्न क्षेत्रका विज्ञहरुलार्य गरिएको अफर धेरैले अस्विकार गरेका छन् ।
डा. सन्दुक रुइत, डा. भगवान कोइराला लगायत अन्य क्षेत्रका विज्ञले पनि मन्त्री बन्न अस्विकार गरेका छन् । यस्तोमा, आविष्कार केन्द्रमार्फत काम गरिरहेका महावीर पुनलाई पनि मन्त्री बन्न अफर गरिएको छ । पुने विज्ञान तथा प्रविधि मन्त्रालय चलाउन इच्छा व्यक्त गरेका छन् । तर, यस्तो छुट्टै मन्त्रालय हाल छैन । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ, यसलाई टुक्र्याउनुपर्ने हुन्छ ।
वि.सं.२०८२ असोज ५ आइतवार ०५:४०
2.39K
shares





