‘कल्की’बाट बाहिरिइन् दीपिका पादुकोण

1.48K shares

काठमाडौँ । नाग अश्विन निर्देशित कल्की २८९८ एडी को सिक्वेलबाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छिन् । निर्माण कम्पनी वैजयन्ती मुभिजले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।

फिल्मको पहिलो भागमा दीपिकाको महत्वपुर्ण भूमिका थियो । दोश्रो पार्टको सहकार्यबाट छुट्टिने निर्णय भएको कम्पनीले जनाएको छ । साथै निर्माण कम्पनीले आगामी दिनका लागि शुभकामना दिएको छ ।

फिल्म गत वर्ष रिलिज भएको ठूला प्यान–इन्डियन मध्येको एक थियो । फिल्ममा दीपिकासँग्ै, प्रभास, अमिताभ बच्चन, कमल हसनको मुख्य भूमिका थियो ।

 

1.48K shares