रचना रिमाल र माधब सुनुवारको स्वरमा ‘दुई दिनको जिन्दगीमा’ गीत सार्वजनिक

1.44K shares

काठमाडौँ ।  रचना रिमाल र माधब सुनुवारको स्वरमा दुइ दिनको जिन्दगीमा बोलको गीत सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक सुनुवार कै रहेको छ ।

दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन । आर आर कलेजका विद्यार्थी रहेका माधब गाउन र अभिनय गर्न भनेपछी हुरुक्कै हुन्छन । उनले केहि चर्चित गीतहरुमा समेत मोडलिङ गरिसकेका छन् भने गायकको यो गीत भने पहिलो रहेको छ ।

कृष्ण पान्डेको छायांकन रहेको उक्त गीतमा गायिका रचना रिमाल र माधब सुनुवार आफै फिचर्ड छन । गीतलाई माधब सुनुवार युट्युब च्यानमा गएर हेर्न सकिन्छ ।

 

1.44K shares