उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माणका लागि पाँच करोड सहयोग गर्ने

1.5K shares

काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको हुन् ।

यस्तै फोरमले उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रूपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।

जेनजीको नाममा भएको आन्दोलनमा अराजकता समूहले नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुग्नेगरी आगजनी तथा तोडफोड गर्ने कार्यबाट देश मात्र आक्रान्त नभई अन्तर्राष्ट्रिय जगतमा समेत बद्नामी र बेइज्जती भएको फोरमले बताएको छ। अराजक कार्य गर्नेहरूलाई खोजी तथा छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न फोरमले सरकारसँग माग गरेको छ।

1.5K shares