‘कल्ली’को टिजर : देवता र राक्षसको कथा
वि.सं.२०८२ पुस १२ शनिवार १३:०१

काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । शनिबार निर्माताले युट्युब मार्फत टिजर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक टिजरमा फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । टिजरमा मानिसभित्र देवता र राक्षस दुवै प्रवृत्ति विद्यमान हुने तथ्यलाई प्रस्तुत गरिएको छ ।
फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोग राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको अभिनय छ ।
निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनबी महर्जनको एक्सन कोरियोग्राफी छ ।
किरण नेपालीको निर्माण रहेको फिल्म १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।
वि.सं.२०८२ पुस १२ शनिवार १३:०१










