सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक
वि.सं.२०८२ पुस १२ शनिवार १४:२७
749
shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसर पारेर उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक गरिएको छ ।
सलमानले प्रशंसकलाई जन्मदिनको उपहार स्वरुप टिजर दिएका छन् । टिजरमा उनलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ ।
फिल्मलाई अपूर्व लाखियाले निर्देशन गरेका हुन् । फिल्ममा सलमानसहित चित्रांगना सिंहको शीर्ष अभिनय छ । नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि यसमा शीर्ष भूमिका छ ।
यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ । यो फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शन तयारीमा छ ।
वि.सं.२०८२ पुस १२ शनिवार १४:२७
749
shares










