‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रिलिज

910 shares

फिल्म ‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि सार्वजनिक भएको छ । रवि ओडको स्वरमा यसअगाडि सार्वजनिकगीतको नेवारी भर्सनमा यम श्रेष्ठले स्वर दिएका छन् । यसअगाडि सार्वजनिक गीतले ३० लाख बढी दर्शकको माया पाएको थियो ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मलाई आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारहरूको अभिनय छ।

 

910 shares