एक्यानको नयाँ कार्यसमिति चयन, महासचिव बने दामोदर फुयाल

525 shares

काठमाडौँ । सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ। किशोर तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले अनुसार कार्यसमितिको अध्यक्षमा तिवारी, उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक, महासचिवमा दामोदर फुयाल, सचिवमा मनिष कुमार बर्देवा र कोषध्यक्षमा मुकेश खतिवडा, सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन् ।

यस्तै केन्द्रीय सदस्यमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन चयन भएका छन ।

साधारण सभामा शैक्षिक परामर्शदाताहरूले यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सङ्गठनात्मक एकतामा जोड दिएका थिए। नवनिर्वाचित टोलीले संस्थागत विकास र सदस्यहरूको व्यवसायिक सुरक्षालाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

525 shares