प्रियंकासँग रोमान्टिक देखिए जितु

546 shares

काठमाडौं । फिल्म ‘आइएम जितबहादुर’ को छायांकन सेटबाट जितु नेपाल र प्रियंका कार्कीको रोमान्टिक तस्विर बाहिरिएको छ । भोलि छायांकन सकिने फिल्मको यतिबेला मण्डला थिएटरमा अन्तिम दृश्यहरू खिचिदैछ ।

मंगलबार खिचिएको एक गीतको दृश्यमा जितु र प्रियंका कार्की रोमान्टिक देखिए । प्रियंकाले पनि सामाजिक सञ्जालमा फोटो सेयर गरेकी छन् । डेढ करोडको बजेटमा बनिरहेको फिल्ममा नेपाली कलाकारको संघर्ष र सफलताको कथा देखाइने जनाइएको छ । फिल्मको केही हिस्सा जितुको वास्तविक जीवनकथामा समेत आधारित हुनेछ ।

जितुकै निर्माण रहेको फिल्मलाई हिन्दी र बंगाली भाषाका निर्देशक शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा जितु र प्रियंकासहित वर्षा राउतको पनि शीर्ष भूमिका छ ।

546 shares