भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
वि.सं.२०८२ माघ २१ बुधवार १०:१२
322
shares

काठमाडौँ । निर्वाचन प्रहरीको तालिम सकेर घर फर्कने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।
वि.सं.२०८२ माघ २१ बुधवार १०:१२
322
shares








