यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु
वि.सं.२०८२ माघ २७ मंगलवार ०६:२३
1K
shares

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।
दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।
वि.सं.२०८२ माघ २७ मंगलवार ०६:२३
1K
shares






