‘झरी पछिको इन्द्रेणी’ले ५१औँ दिन मनायो, कमाई १ करोड २९ लाख
वि.सं.२०८२ माघ २७ मंगलवार १३:३२
525
shares

काठमाडौँ । फिल्म झरी पछिको इन्द्रेणीले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शनिबार निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मले केही हलमा ५१औं दिन मनाएको भन्दै खुसी साटेको थियो ।
कार्यक्रममा स्व.पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष स्थापनामा समेत गरियो । कोषको सुरुवात १० लाख रुपैयाँबाट गरिएको छ । ५१औँ दिन मनाएको फिल्मको आम्दानी भने न्यून छ । फिल्मले अहिलेसम्म १ करोड २९ लाख ५५ हजार ११९ मात्र कमाएको छ ।
वि.सं.२०८२ माघ २७ मंगलवार १३:३२
525
shares












