‘कस्तुरी’मा निखिल र वर्षाको जोडि
वि.सं.२०८२ माघ २७ मंगलवार १३:४१
840
shares

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीले आगामी फिल्म ‘कस्तुरी’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो ।
निर्देशक ऋत बोहोराले फिल्मको छायांकन काठमाडौं आसपासमा गरिने बताएका छन् । निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
फिल्ममा निखिल र वर्षाको साथमा भोजराज सापकोटा, सवि थापा, शेखर चापागाइँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय हुनेछ ।
वि.सं.२०८२ माघ २७ मंगलवार १३:४१
840
shares






