दोलखामा पार्वत गुरुङ नै किन ?

13.33K shares

दोलखामा पार्वत गुरुङ नै किन

करिव चार दशक लामो राजनितीक , साङ्गठानिक नेतृत्वको निरन्तरता र एक दशक लामो सम्सदिय राजनिति सम्हालेर पुन जनताको घरदैलोमा जादा कुनै खोज पत्रकारिताले रत्तिभर त्रुटि नभेट्नु, सादगी र सफेद अनुहार लियर जनताको न्यायलयमा आउनु नै गुरुङको असल राजनितीक चरित्र हो । गौरीशंकरको पवित्र भुमिमा जन्मिएका पार्वत नेपालको पारमाणविक समय निर्धारणमा गौरीशंकर हिमालको जति मह्त्व छ , नेपालको दशकौ लामो राष्ट्रिय राजनितीमा पार्वत गुरुङको उतिनै महत्व छ ! गौरीशंकर हिमाल जति अटल र निश्चल छ गुरुङको राजनितिक जीवन उतिनै निश्चल र पारदर्शी छ ।

“सच्चा नेता त्यो हो जसले आफ्नो पदलाई न्यायको सेतु बनाउँछ, न कि व्यक्तिगत स्वार्थको माध्यम!” मण्डेलाको यो भनाइबाट प्रेरित गुरुङ आम दोलखालि जनताको दु:ख र सुख दुबै घडिमा अग्र पङ्तिमा उभिदै आउनु भयको छ । व्यावसायिक सफलता सहितको निरन्तर राजनिती जिवननै गुरुङको सफल राजनीतिको मियो हो ।

पहिलो सम्सदिय राजनिती :
उपदेश भन्दापनी उदाहरणमा बढी जोड दिने , भक्ती गानले फल पाउने भन्दापनी कर्ममा दृढ रहने स्वभावलेनै गुरुङ्लाइ राजनितीको यो उचाइ दिलायो । आवेग र उत्तेजना भन्दा बाहिर रहेर विबेक र चेतनाले भरिपुर्ण उनी क्षार समुन्द्र पार गर्ने बखतमा पवन पुत्र हनुमानले आफ्नो शक्तिलाई पहिचान गरे झै गुरुङले पनि आफ्नो क्षमतालाई जनताको सेवामा लैजाने पुलको रुपमा सम्सद पदलाइ प्रयोग गर्नुभयो ! “नेपालको संविधान २०७२ ” जारी गर्ने क्रममा सम्सदको तर्फबाट निकै अग्रणी भुमिकामा देखिय गुरुङ। तत्कालीन सम्सद बिकास कोषको बजेटले दुर्गम स्थानहरुमा दर्जनौं सडक निर्माण गरि यातायातको संजालमा नगिज गरियको छ , सिचाइको उचित प्रबन्धको लागि बजेट बिनियोजित गरेर उत्पादनमा आकर्षण गरि किसान मजदुरलाइ व्यावसायिक रुपमा अगाडि बढ्ने ढोका खोलिदियको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको भुमिकामा :
मन्त्री हुदा खोटाङ , ऐसेलुखर्क गा.पा वडा नम्बर ३ बस्ने २२ बर्षिय सिर्जना तामाङ उच्च रक्तश्राव भै स्वास्थ्य जोखिमका कारण जीवन मरण सग पौठाजोरि खेलिरहेकी गर्भवती नारीलाई आफ्नो मन्त्रालय अन्तर्गतको ” राष्ट्रपति महिला उत्थान कार्यक्रम ” मार्फत सेनाको हेलिकप्टरबाट निशुल्क उद्दार गरि गरिपरोपकार मातृत्व तथा महिला अस्पताल तर्फ विश्वस्तरीय उपचारका लागि गुरुङको सिफारिस सारिएको थियो। तेस्तै कोभिड-१९ को महामारीमा दोलखाको गौरीशंकर गा.पा झ्याकुकी पासाङ्ठिली शेर्पा प्रसब पिडाबाट छटपटाइ रहदा तुरुन्तै उद्दार गरि निशुल्क उपचारको प्रबन्ध मिलायका यी प्रतिनिधिमुलक घटना हुन , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारीमा रहदा यस्ता अप्ठ्यारोमा परेका सयौं गर्भवती महिलाहरुको जीवन रक्षाका लागि नितिगत निर्णय गरि थप सहजता निर्माण गर्ने काममा गुरुङ्ले सफलता हात पारे । गुरुङ्को यो निर्णयले दोलखा लगायतका ३० जिल्लामा पुर्ण रुपमा उद्दार कार्यक्रम लागू भयको छ भने बाकि जिल्लाहरुमा आम्शिक रुपमा लागू भयको , यो निर्णयले अप्ठ्यारोमा परेका गर्भवती महिलाको जीवन रक्षाको लागि नयाँ आयम बनेको छ । कोभिडको समयमा बाल संरक्षण समन्वय कार्यक्रम अन्तर्गत लकडाउनका कारण जोखिममा परेका बालबालिकाको संरक्षण, उद्धार र पुनर्स्थापना कार्यमा प्रदेश/स्थानीय तहसँग सहकार्य।
ज्येष्ठ नागरिक सेवा व्यवस्थापन
आश्रम/सेवा केन्द्रहरूमा स्वास्थ्य सावधानी, आवश्यक सामग्री र समन्वय।
लैंगिक हिंसा पीडित सहयोग
सेफ हाउस/अस्थायी आवास, काउन्सेलिङ र कानुनी सहयोगको समन्वय।

सुचना तथा सन्चार मन्त्रीको भुमिका रहदा :

  • ईन्टरनेट सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राख्ने नितिगत निर्णय गरि मोबाइलको सिग्नल पुग्न नसकेका दुर-दराजमा 4G नेटवर्कको सरल पहुँच पुर्याउन सफल ।
  • डिजिटल फ्रेमवोर्क अन्तर्गत नागरिक एम तर्जुमा गरि असल कार्यनयनमा सफल ।
  • दोलखा – लामाबगर – फलाक त्रिदेशिय मार्गको लागि उचित बजेटको ब्यवस्था मिलाइ समृद्धिको ढोका खोल्न सफल ।
  • कोभिड सचेतना अभियान
  • टेलिभिजन, रेडियो, SMS, सामाजिक सञ्जालमार्फत स्वास्थ्य मापदण्डबारे जनचेतना प्रसार।
  • सूचना प्रवाह र फेक न्यूज नियन्त्रणमा समन्वय
    आधिकारिक जानकारी नियमित सार्वजनिक गर्ने, अफवाह विरुद्ध सचेतना।
  • डिजिटल सेवा विस्तारमा सहकार्य
  • टेलिकम/इन्टरनेट सेवाको पहुँच विस्तार र अनलाइन
  • माध्यमबाट सेवा प्रवाहमा जोड (लकडाउन अवधिमा
  • दूरसञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्ने समन्वय)।

साम्सद नहुदाको भुमिका
मन्थली – खिम्ती – किर्ने – मालुखोला – भिरकोट हुदै चरिकोट आउने सडक खण्ड तामाकोसी नदिमा आयको बाढी पहिरोले अकल्पनीय क्षेती पुर्याउदा भौतिक पुर्वाधार मन्त्री देबेन्द्र दाहाल, सडक विभागका महानिर्देशक रामहरी पोखरेललाइ स्थलगत अनुगमन गराइ उचित बजेटको प्रबन्ध मिलाउन सफल ।

उक्त सडक खण्ड भोलिका दिन पुनः अबरोध भयपनी बैकल्पिक मार्गको प्रयोग गर्न सकियोस भन्ने दुरदृष्टी राखी भोर्ले – पिपलडाडा जफे सडकलाई बैकल्पिक राजमार्ग कायम गरि उचित बजेटको ब्यबस्था मिलाउन सफल ।
लामागर – लाप्चे नाका जोड्ने सडकलाइ उचित बजेट मार्फत सम्बोधन गराउन सफल ।

पार्वत गुरुङ जित्ने आधार

गुरुङ भ्रम , धोका र लुकामारीको जगमा स्थापित नेता हैन आम जनसमुदायको जनजिबिका पक्ष , बिकास र सामाजिक सुरक्षा सग जोडिएको आत्मीय नेता हो , उ सङ्कट प्रलयको बखतमा पनि आधी हुरि चलेको बखतमा पनि , अप्ठ्यारोमा पनि सतिसाल झै जनताको पक्षमा उभिने नेता हो !
पार्वत गुरुङ र नेकपा एमाले सग जनताको घरदैलोमा जादा , सम्वादमा उत्कृष्ट बिचार छ , सुदृढ संगठन छ हिजो गरेका सामाजिक सुरक्षाका थुप्रै काम छन,आर्थिक सुधारको काम छन , हिजो गरेका बिकासका काम छन , भोलिको योजनाहरु परिवर्तन र समृद्धिका एजेन्डा छन त्यसैमा आधारित भएर मतदाता माझ गयका छन गुरुङ ।

पार्वत गुरुङलाई नै किन मतदान गर्ने ?

बिद्यार्थी उमेर समय देखिनै आफ्नो जिवनको उर्जाशिल समय नेपाली राजनीतिमा नेपाली जनताको मुक्तीका खातिर , राजनिती स्वतन्त्रताको वकालत गर्दै रगत र पसिनाले सिन्चित गुरुङ्को ईतिहास निकै गर्व गर्न लायक छ । हिजो जनप्रतिनिधि हुदा पनि नहुदा पनि परिवर्तनको झन्डा र समृद्धि एजेन्डा बोकेर आम दोलखाली बालबालिका , युवा बिद्यार्थी , प्रढौ र वृद्धहरुको सुस्तायका सपनाहरुमा नयाँ उर्जा , नवीन सिर्जना लियर जनताको घरदैलोमा निरन्तर हाजिर हुने , शाशक भन्दा पनि जनताको सेवक बन्न रुचाउने दोलखाको मात्रै हैन सिङ्गो राष्ट्रको समृद्धिको बोझिलो भारी बोक्ने असल राजनिती कर्मी गुरुङ नै हुन ।

हावाको झोक्का हेरेर चङ्गा उडाउने स्वभाव नभई गन्तव्य तय गरि जहाज उडाउने पार्वत गुरुङ्नै दुरदर्शि नेता हो साचो अर्थमा दोलखाली जनताको प्रतिनिधि हो ।

प्रिय मतदाताहरु दोलखाको नेतृत्व , देशको नेतृत्व लोकप्रियतावादमा हावी भयका उत्तेजना , आवेग , कुण्ठा र भ्रम बोकेको भिडले गर्न सक्दैन , एक थान चुनाव त नानी मैयाँ दाहालले पनि जितेकि थिइन तर राजनीतिमा जनताका मुद्दा बोक्न सफल भैनन , तसर्थ जनताका मुद्दा बोक्न सक्ने , न्याय समानता र राष्ट्रियताको लागि संघर्श गर्दै आवाज बुलन्द पार्ने बलियो पिलर नेकपा एमालेको सुर्यध्वजवाहक उम्मेदवार पार्वत गुरुङलाइ सुर्य चिन्हमा मतदान गरि बिजयी गराउ ।
सुदिप पोखरेल
सचिव
अनेरास्ववियु जिल्ल कमिटी दोलखा

13.33K shares