साम्राज्ञीलाई हतार : आफ्नै फिल्मको प्रिमियरलाई पनि छैन समय

2.77K shares

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर धरमराउँदो छ । पछिल्लो समय उनको फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । उनको अभिनयको पनि चर्चा हुन छाडेको छ ।

बेलाबेलामा बोल्ड तस्बिरहरु सार्वजनिक गरेर भने उनि चर्चामा आउने गर्छिन् । यस्तोमा शुक्रबारबाट उनको चलचित्र ‘लण्डन टु पेरिस’ रिलिज हुँदैछ । फिल्मबाट उनको कमब्याक हुने आशा गरिएको छ । तर, साम्राज्ञी भने फिल्मबाट त्यति उत्साहित नदेखिएको हो की भनेर आशंका गर्न थालिएको छ ।

फिल्मको प्रचार प्रसारमा पनि ठिकै खालको समय दिएकी उनि बिहीबार भएको प्रिमियरमा ढिलो पुगिन् । हतारमा पुगेकी उनि फोटो खिचाएर हतारमै निस्किइन् । आफ्नो फिल्मको प्रिमियरमा कुनैपनि कलाकारले गर्ने यस्तो व्यवहार जायज हैन । हरेक कलाकारका लागि आफ्नो फिल्म खास नै हुन्छ, चाहे त्यो जतिसुकै झुर किन नहोस् ।

प्रिमिअरमा पुगेकी उनको ड्रेसले भने तारिफ बटुुल्यो । ब्ल्याक ड्रेसमा हट अवतारमा पुगेकी उनले एकछिन् सबैको ध्यान आकर्षित गरिन् । फोटो खिचाउनकै लागि उनि प्रिमियरमा पुगेकी थिइन्, एकैछिन्मा निस्किहालिन ।

करिअर ओरालो लागेको बेला उनको यो किसिमको व्यवहारले उनलाई पक्कै पनि घाटा गर्नेछ ।

2.77K shares