आँचलले अनमोलसँग रोमान्स गर्ने
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०७:५८
1.9K
shares

काठमाडौँ । अभिनेत्री आँचल शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको ‘जेरी अन टप’मा आँचल भित्रिएकी हुन् ।
२०१४ मा प्रदर्शनमा आएको ‘जेरी’को दोस्रो पार्टमा आँचलले अनमोल केसीसँग रोमान्स गर्ने भएकी छन् । पहिलो पार्टमा अनमोल र आना शर्मा जोडिको रुपमा देखिएका थिए । दोश्रो पार्टमा आँचलको इन्ट्रि भएसँग फिल्मप्रतिको उत्सुकता अझ बढाउने निश्चित छ । आँचल पछिल्लो समय दयाहाङ राईसँग ‘डिग्री’ माइलामा देखिएकी थिइन् ।
निर्देशक गुरुङ र अनमोलको चलचित्र फर्की फर्की हाल प्रदर्शनरत छ । फिल्मले राम्रै कलेक्सन गरिरहेको छ । सुयोग र अनमोलको जोडिले ‘जेरी अन टप’को छायांकन यही जेठ अन्तिमबाट सुरु गर्ने जनाएको छ ।
वि.सं.२०८१ जेठ २५ शुक्रवार ०७:५८
1.9K
shares





