सुनको मूल्य तोलामा १६ सयले बढ्यो
वि.सं.२०८१ असार २ आइतवार ०६:४०
1.88K
shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य १ लाख ४२ हजार ८ सय रुपैँया कायम भएको छ । यता, तेजाबी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैँया कायम भएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । बजारमा चाँदीको मूल्य १ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ असार २ आइतवार ०६:४०
1.88K
shares




