‘बोक्सीको घर’को निर्देशकले केकीलाई भने, ‘काम गर्ने कालू माम खाने आलु’

2.3K shares

काठमाडौँ । बैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र बोक्सीको घरलाई दर्शकले अनपेक्षित माया दिए । फिल्मले बक्सअफिसमा ठुलै भुँइचालो ल्यायो । सुलक्षण भारतीको निर्देशनमा रहेको फिल्ममा काम गर्ने अधिकांश कलाकारले तारिफ पनि बटुले ।

शनिबार फिल्मले केहि हलहरुमा ५१ औँ दिन पनि मनायो । फिल्मको यो सफलताले धेरैलाई विशेषगरि सिनेवृतमा ठुलै कम्पन ल्यायो । यस्तोमा फिल्मको निर्देशक सुलक्षण भारती र अभिनेत्री तथा फिल्मको निर्मात्रीबिच खटपट सुरु भएको देखिएको छ ।

निर्देशक भारतीले सामाजिक संजालमा स्ट्याटस लेख्दै काम गर्ने कालू माम खाने आलु भनेर केकि प्रति व्यंग्य कसेका छन् । भारतीको यो पोष्टले स्पष्टरुपमा निर्मात्री केकी सँगको उनको सम्बन्धमा खटपट आएको प्रष्ट पार्छ । बोक्सीको घरको कार्यक्रममा निर्माण टिमले उनलाई नबोलाएको र वास्ता नगरेको आरोप भारतीको छ ।

उनले लेखेका छन् ,
मलाइ जुन माया दर्सक हरुले दिनु भयो त्यस्को लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाइहरुको मायाले आज चल्चित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ ।

यस चल्चित्रका मुख्य कलाकार, लेखक, निर्देसक तथा अभिनय प्रसिक्षकको भुमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।

यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ ।

यी मेरा प्रस्नहरु हुन कसैप्रती आक्षेप भने होइन ।

प्रस्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो ।

यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रस्नहरु हुन ।

काम गर्ने कालू माम खाने आलु के यो उखानले सार्थकता राख्छ ?

यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यस्मा ध्यान नदिनु ले के प्रस्न खडा गर्छ ?

कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउमा लेखक र निर्देसकको उपस्थिती नहुनु र वास्ता नगरिनुले के सार्थक्ता राख्छ ?

म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु के यो अनुभव स्वभाविक हो ?

जस्ले जे काम गरेको छ त्यस्को उचित मुल्यान्कन हुन पनि जरुरी छ वा छैन ?

लेखक तथा निर्देसक आर्थिक तथा सामाजिक रुपमा कम्जोर छ भन्दैमा उस्लाइ बेवास्ता गर्नु न्यायोचित होला र ?

के लेखक तथा निर्देसकलाइ यसरी बेवास्ता गर्न मिल्छ र ?

बौधिक चोरी भनेको के हो ?

बोक्सीको घर आखिरमा कस्ले बनाएको चल्चित्र हो ?

अब फेरि जिवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?

दर्सक र सर्जक बिचको पुल भनेको अहिलेको समयमा सन्चार माध्यम हो । यश बिसयमा कस्ले ध्यान दिने ?

एउटा सर्जक र उस्को कामको मुल्याङकन के अवसयक्ताको बिषय होइन र ?

hipocrasy on its top ?

 

2.3K shares