एकैदिन ३ हजार रुपैँयाले बढ्यो सुन, तोलाको कति ?

1.89K shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बजारमा आज शुक्रबार सुनको मूल्य एकैदिन ३ हजार रुपैँयाले बढ्दा नयाँ कीर्तिमान बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर १ लाख ५६ हजार ३ सय रुपैँया कायमा भएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

बजारमा चाँदीको मूल्य पनि ५५ रुपैँया प्रतितोलामा बढेको छ । चाँदी १ हजार ८ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

1.89K shares